३ कार्तिक २०८३, मंगलबार

कार्यकर्ताले साथ दिए सभापतिमा लड्ने डा. शशाङ्क कोइरालाको भनाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shasanka-Koirala1पाँचथर, १ चैत । नेपाली काँग्रेसका नेता डा शशाङ्क कोइरालाले आफूलाई कार्यकर्ताले साथ दिने भए पार्टीको सभापतिका लागि लड्न तयार हुने बताउनुभएको छ ।

बिपी चिन्तन प्रतिष्ठान पाँचथरको यासोकमा हुने दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाँचथर आउनु भएका कोइरालाले आज बिहान पार्टी कार्यालय फिदिममा पत्रकार तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कार्यकर्ताले साथ दिए सभापतिका लागि लड्ने बताउनुभएको हो ।

अहिले पनि सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको ६० र ४० को कार्यकर्ता रहेका अवस्थामा नयाँ व्यक्ति सभापतिमा आउनुपर्ने उहाँको भनाइ थियो ।

नेता कोइरालाले अन्तिम समयसम्म पनि एमाओवादीलाई पर्खेर सहमतिमा संविधान निर्माण गरिने ,नभए प्रक्रियाबाट भए पनि लोकतान्त्रिक संविधान दिने दाबी गर्नुभयो ।

अहिले पनि सङ्घीयताका विषयमा अस्पष्टताका कारण सहमति हुन नसकिरहेको बताउँदै उहाँले अब जनतालाई धेरै दिन ढाट्न नहुने उल्लेख गर्नुभयो ।