१ कार्तिक २०८३, आइतबार

चैनपुरमा चार दिनमा तीन बालिका बलात्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_victim_bravery balatkarसंखुवासभा, १ चैत । चार दिनमा चैनपुर नगरपालिका भित्र तीन बालिकामाथि बलात्कार भएको छ ।

मंगलबार यता चैनपुरका बिभिन्न स्थानमा ११, १२ र १३ वर्षीया बालिका बलात्कृत भएका हुन् ।

यसमध्ये एक जना आफ्नै बाबुद्वारा तथा अर्को बालिका सामूहिक बलात्कारमा परेकी हुन् ।

चैनपुर(१२, कटहरेमा शुक्रबार दिउँसो ४१ वर्षीय व्यक्तिले १३ वर्षिया छोरीलाई जबर्जस्ती गरेका छन् ।

पीडित बालिकाको बयानको आधारमा आरोपी बाबुलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक कमल थापाले बताएको कान्तिपुर दैनिकले छापेको छ ।

। डिएसपी थापाका अनुसार आफ्नै बाबुद्वारा घरमै पीडित भएकाले उनको पुनस्र्थापनको पनि प्रयास भइरहेको छ ।