काठमाडौं, ३० फागुन । एकीकृत नेकपा एमाओवादीका प्रवक्ता दीनानाथ शर्मा अचानक बिरामी परेपछि बाग्लुङ १ मा हुने उपचुनाव नलड्ने भएका छन् ।
निर्वाचन क्षेत्रमा जाने क्रममा बिरामी भएर पोखरास्थित फेवा सिटी अस्पताल भर्ना भएका शर्माले अस्पतालबाटै विज्ञप्ति निकालेर चुनाव नलड्ने घोषणा गरेका छन् । शर्मालाई उच्च रक्तचाप र मुटुको समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । शर्मा नलड्ने भएपछि एमाओवादीले नयाँ उम्मेदवार तोक्ने भएको छ ।
















प्रतिक्रिया