३ कार्तिक २०८३, मंगलबार

सरसफाईमा लागे चेपाङ समुदायका वालवालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DSC01041चितवन ३० फागुन । चितवनको रत्ननगर-१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकाले टोल सरसफाई गरेका छन् ।

विद्यालय विदाको दिन शनिवार पारेर वालवालिकाले पञ्चकन्या सामुदायिक वनको मुनिखोला गेट देखि कृष्ण मन्दिर चोक सम्म सरसफाई गरेका थिए ।

DSC01038वालवालिकाले मंगलपुरको बस्ती र सडकमा फालिएका प्लाष्टिक, सिसा संकलन गरी नष्ट गरेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।

वालवालिकाहरुले स्थानीयसंग जैविक र अजैविक फोहोरको व्यवस्थापनका वारेमा अन्र्तक्रिया समेत गरेका थिए ।

विदाको दिन पारेर महिनाको एक पटक गाउँ र टोलको सरसफाई अभियान सञ्चालन गरिने अध्यक्ष शर्माले जानकारी दिनुभयो । केन्द्रमा चितवन र मकवानपुरका ७७ जना चेपाङ वालवालिका आश्रित छन ।