भरतपुर, ३० फागुन । चितवनको बाँदरझुलामा रहेको अब्यबस्थित सुकुम्वासीहरुको समस्या समाधानलागी आफुले सहयोग गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर बिकेले प्रतिबद्धता जनाएका छन् ।
चितवनको माडी नगरपालिका बाँदरझुलामा सामरी उत्थानले संचालन गरेको उत्थान कार्यक्रमको समापनको अवसरमा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी डा. विकेले यसको व्यवस्थापन राज्यको दायित्वभित्र पर्ने हुँदा उनीहरुको समस्याको समाधानको लागी सरकारलाई आफुले ध्यानाकर्षण गराउने वताए ।
चितवनमा आएर कार्यभार सम्हालेपछि पहिलोपटक चितवनको बाँदरझुला पुगेका प्रजिअ विकेले निकुञ्जभित्र बसोबास गर्ने समुदायका लागी राज्यले उचित काम गर्न नसकेको वताउँदै राज्यको कमजोरी भएको वताएका हुन् ।
प्राविधिक समिति गठन गरी सरकार समक्ष समस्या पु¥याउने उनको भनाई छ । बस्तीको समस्या समाधानका लागी स्थानिय राजनीतिक दलमार्फत केन्द्रका पनि जानकारी गराउँदै त्यस क्षेत्रको समुदायको उत्थानका लागी काम गर्न आग्रह गरे ।
त्यसक्षेत्र भारतको सिमानासंग जोडिएको भन्दै सिमा सुरक्षाको लागी पनि स्थानियको भुुमिका महत्वपुर्ण हुृने वताए । स्थानियले निगरानी गरी एकजुट भए अपराधको घटनामा कमी आउने वताउदै त्यस क्षेत्रको लागी त्यस क्षेत्रको सुरक्षालागी लागी राज्य संवेदनसिल भएको वताए ।
सरकारले बृद्धबृद्धाहरुको लागी दिने सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको गुनासो सुनेपछि सहकारी संस्थामार्फत भत्ताको उपलब्धता गराउने वातावरण बनाउने वताएका छन् ।
– सामरी उत्थानको चितवनमा उत्थान कार्यक्रम सकियो
यस्तै, माडी नगरपालीका बाँदरझुला तथा सर्लाहीका गरीव तथा विपन्न समुदायका लागी लक्षित गरी ०६१ सालददेखी उत्थान कार्यक्रम चितवनमा सकिएको हो ।
फेल्मको सहयोगमा गरीब, दलित तथा सुकुम्वासीको तथा विपन्न समुदायको उत्थानको लागी काम सामरी उत्थानले काम गर्दै आएको थियो ।
सामरी उत्थानकी प्रमुख बिमला गँयकले आफुले यसबीचमा बाँदरझुलाको विकास र त्यहांको समुदायको स्तरउन्नतीको लागी गरेको कामको बारेमा जानकारी दिएकी थिईन् ।
उनले कार्यक्रम संचालन भएसंगै त्यस क्षेत्रको मानिसको आर्थिक विकासमा टेवा पुगेको वताईन् । उनले यसअघि गरेको कामको बारेमा जानकारी दिदै त्यस क्षत्रेको मानिसका शिक्षा, स्वास्थ्य तथा आर्यआर्जनका लागी काम गरेको वताईन् ।
त्यस क्षेत्रमा सामुदायिक भवन दुई वटा बनाएको र त्यसमा क्लब, सामाजिक विकास केन्द्र, सहकारी लगायतका संस्था राखीएको जानकारी दिईन् ।
त्यस क्षेत्रमा २०५ वटा चर्पी निर्माण, आगलागीमा लागेका ७० घर निर्माण, सामुदायिक भवन ४ वटा, क्लव ३ वटा, ईनार ६ वटा, निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको जानकारी दिईन् ।
आय आर्जनको क्षेत्रमा ४ सय ७८ जनलाई आत्मनिर्भर बनाएको बताउँदै गायकले १ सय ५३ जनालाई ब्याबसायिक आर्जनको क्षेत्रमा काम गर्न लगाएको वताईन् ।
यो समयसम्म युवाहरुका लागी ड्राईभिङ, सिकर्मी, डकर्मी, तथा अन्य तालीम प्रदान गरीएको जानकारी दिईन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक निर्माण, बचत संकलन, तथा सहकारीमा आवद्ध गराएको वताईन् ।
कार्यक्रमको बारेमा जानकारी गराउदै फेल्मका प्रतिनिधि हेकीताकोले आफुहरुले विश्वका ३० राष्ट्रमा काम गरेको वताए । १ सय ५० बर्षदेखी विश्वमा पछाडी परेका देशको विपन्न समुदायको लागी काम गरेको वताए ।
पहिलोपटक चितवनको बाँदरझुला आएको वताउदै प्रतिनिधि हेकीताकोले परिर्वतनलाई संस्थागत गर्ने जिम्मा स्थानियमा भएको भन्दै यसअवधिमा सिकेका कुरालाई ब्यवहारमा उतार्न आग्रह गरे ।
सो अवसरमा बोल्दै सीमा सुरक्षा कार्यँलय चितवनका प्रमुख प्रहरी उपरीक्षक शम्भु उप्रेतीले त्यस क्षेत्र सिमानासंग जोडीएकाले स्थानियलाई निगरानी गरी स्थानिय प्रशासन संग हातेमालो गर्न आग्रह गरे ।
सो अवसरमा समाजसेवी धु्रबराज थपलियाले बाँदरझुलामा रहेको श्री निम्न माध्यामिक विद्यालयको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्यले १ थान कम्युटर कम्युटर हस्तान्तरण गरेका छन् ।
समाजसेवी थपलियाले आफुले विभिन्न समयमा त्यस क्षेत्रसंग निकट रहेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने वताए । कार्यक्रममा विभिन्न समयमा योगदान पु¥याउने १७ जनालाई सम्मान गरिएको थियो ।
















प्रतिक्रिया