१२ कार्तिक २०८३, बिहिबार

एमाओवादी मोर्चा आमहडतालको तयारीमा छ : नेता रायमाझी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

top-bhadur-rahayamaghiकाठमाडौं, ३० फागुन । एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले दलहरुवीचको बार्ता जारी रहेपनि आन्दोलनलाई जारी राख्ने स्पष्ट पर्दै अबको आन्दोलन आम हडतालसम्म जाने स्पष्ट पारे ।

उनले भने–‘कांग्रेस र एमालेको पुच्छर समातेर जानु भन्दा संघर्षका उपलब्धि रक्षा गर्न आन्दोलनमा जानै पर्छ । आन्दोलन हाम्रो बाध्यता हो । पहिला बार्ता र संघर्षलाई सँगसँगै जारी राखेर शान्तिपूर्ण आन्दोलन गर्ने हो । त्यती गर्दा पनि नमाने रगतको मुल्य चर्कै हुन्छ ।’

कांग्रेसलाइ पार्टीको महाधिवेशन लागेको र त्यसमा एमालेको पनि साथ रहेको दावी गर्दै दुबै दलहरु अहिले कांग्रेसको महाधिवेशनसम्म कुनै पनि हालतमा संविधान बनाउने पक्षमा नरहेको रायमाझीले दावी गरे ।

उनले ७५ जिल्ला समेटेर राजनीति गर्नुपर्ने नेताहरु शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्ट, केपी शर्मा ओली र कृष्णप्रसाद सिटौला पाँच जिल्लामा अडकिएको आरोप लगाउँदै त्यसमा अर्को सहमति नहुन्जेलसम्म केन्द्र शासित प्रदेश बनाउने वा संघीयता आयोग बनाएर अघि बढ्ने भन्ने विकल्पमा आफूहरु तयार रहेको बताए ।

रायमाझीले भने–‘पाँच जिल्ला छाडेर सहमति गरौ भन्दापनि मान्दैनन । कांग्रेस र र एमाले एकअर्कालाई रोटी सेक्ने काम गरिरहेका छन ।

न्यायप्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा कुरा मिलिसकेपछि संविधानका ९९ प्रतिसत अन्र्तबस्तुमा कुरा मिलिसकेको भन्दै उनले १०, ९, ८ र ६ प्रदेश आउन आफूहरु तयार भईसकेको र पहिचान एवम सामथ्र्यका आधार तय भईसकेकोले सो अनुसार अघि बढे सहमति बन्ने विश्वास ब्यक्त गरे ।

रायमाझीले सहमति र प्रक्रिया दुबै संविधान निर्माणको लागि आवशयक भएको भन्दै आफूहरुले सहमति र प्रक्रियाको विरोध नगरेको समेत साक्षात्कारमा स्पष्ट पारे ।