३ कार्तिक २०८३, मंगलबार

संघियताका विवादित पाँच जिल्लामा जनमत संग्रह गरौं : नेता लेखक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-lekhakकाठमाडौ, ३० फागुन । नेपाली कांग्रेसका नेता रमेश लेखकले पछिल्लो समयमा विवादित देखिएको पाँच जिल्ला कुन प्रदेशमा राख्ने भन्ने विवादमा त्यहीका जनताको मत लिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले सुदुरपश्चिम आन्दोलनको बेला आवश्यक परे त्यहाँका सबै जिल्लालाई प्रदेशमा राख्ने कि नराख्ने भन्ने विषयमा जनमत संग्रह गर्ने सम्झौता भएको स्मरण गराउँदै लोकतन्त्रमा जनताको मत लिने कुरामा विपक्षी मोर्चा किन डराउने भनि प्रश्न गरे ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा लेकले भने–‘ संविधानसभामा रहेको बहुमत पनि नमान्ने, जनताको मत लिउ भन्दा पनि नमान्ने आखिर चाहेको चाँही के हो ? होईन भने काग्रेस र एमालेले भनेको सात प्रदेशमा जाऔ आवश्यक परेको स्थानलाई विशेष संरक्षित क्षेत्र बनाऔ ।’

उनले जनतामा जाने वा प्रक्रियामा जाने मध्ये एक विषयमा सहमति गरेर अघि बढन आब्हान गर्दै बार्ता र आन्दोलन सँगसँगै लैजाने कुराले मुलकको हित नगर्ने स्पष्ट पारे ।

लेखकले दलहरुवीच रहेको प्रदेशको नाम, संख्या र सिमाङकनको विवादमा प्रदेशलाई स्वायत्त र अधिकार सम्पन्न गराउने हो भने नामाकारणको जिम्मा प्रदेशलाई नैदिन सकिने भन्दै बाँकी विषयहरु काग्रेस र एमालेको नौ बुँदे प्रस्तावको ७ प्रदेशले गरेको दावी गरे ।

उनले सहमतिबाट संविधान बनाउने उपयूक्त विकल्प भए पनि सहमतिको नाममा परिणाम केही ननिस्कने अवस्था कायमै रहने भए प्रक्रियामा गएर संविधान जारी गर्ने स्पष्ट पारे ।