२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेटमा भारत ६ विकेटले विजयी, जिम्बावे वाहिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket WCup India Zimbabwe

काठमाडौं, ३० फागुन । विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा जिम्बावेलाई ६ विकेटले हराउँदै भारत विजयी भएको छ ।

न्यूजिल्यान्डको अक्ल्यान्डमा भएको खेलमा सुरेश रैनाको शतकीय प्रहारमा जिम्बावेले दिएको २८८ रनको लक्ष्य भारतले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।

९४ बलमा ८ चौका र ४ छक्काको मदतमा रैनाले ११० रन बनाए । भारतीय कप्तान महेन्द्र धोनीले अविजित ८५ रन बनाए ।

भारतले जारी विश्वकपमा समूह चरणका ६ वटै खेलमा विजयी हुँदै क्वाटर फाइनलमा पुगेको छ । भारत समूह चरणको शिर्ष स्थानमा छ । आजको खेलमा हार वेहोरेको जिम्बावे प्रतियोगिताबाट वाहिरिएको छ ।