३ कार्तिक २०८३, मंगलबार

उपेन्द्र यादव भन्छन्-‘वातावरण बनाउनुहोस्, माओवादी नआएपनि हामी वार्तामा आउँछौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra_yadavवीरगन्ज, ३० फागुन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु वार्तामा बस्न तयार रहेको बताउनुभएको छ ।

मधेसी पत्रकार समाज शाखा पर्साले शनिवार विरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले वातावरण बनाए आफूहरु वार्तामा आउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो–‘तपाईहरु वातावरण बनाउनुस, हामी वार्तामा बस्न तयार छौं, माग पूरा भए माओवादीलाई छोड्न सकिन्छ ।’ सरकारले वातावरण बनाए मधेसी मोर्चा वार्ता बस्ने उहाँको भनाई छ ।

नेता यादवले वार्ता र सहमतिबाट नै मुलुकको राजनीतिक समस्या समाधान होस् भन्ने पक्षमा आफूहरु रहेको बताउनुभयो । आफूहरु तयार भएपनि वार्ताका लागि सरकारबाट खासै ठोस प्रयास र पहल नभइरहेको उहाँको आरोप छ ।

अध्यक्ष यादवले भन्नुभयो, ‘‘विगतमा भएका सबै सहमतिहरु कार्यान्वयन हुनुपर्दछ । विगतको सहमति कार्यान्वयनबिना वार्ताको पनि औचित्य छैन ।’’

जातीय, भाषिक र भूगोलको आधारमा सङ्घीयता स्थापना गर्नुपर्नेमा जोड दिंदै उहाँले सङ्घीयता वा कुनै पनि विषयमा जनमत सङ्ग्रह गर्नुको अर्थ नहुने हुँदा यसले मुलुकलाई बर्बाद पार्ने टिप्पणी गर्नुभयो ।