३ कार्तिक २०८३, मंगलबार

धादिङका विषादी पीडितलाई पौने २ लाख सहयोग, राज्यले नहेरेको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Support

धादिङ, ३० फागुन । धादिङ जिल्ला पिडा गाविस स्थित विषादीयुक्त रोटी सेबनबाट घाइते तथा मृतक परिवारलाई नगद आर्थिक सहयोग गरिएको छ ।

उपचार गरिरहेका बिरामीहरुलाई आज धादिङ काठमाडौँ सम्पर्क मञ्चले मनमोहन अस्पताल स्वयम्भुमा एक कार्यक्रम गरि धादिङ क्षेत्र नंबर ३ का सभाषद् राजेन्द्र पाण्डेलाई पहिलो किस्ता स्वरुप १ लाख ७४ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

नेपाल फलफुल थोक व्यवसायी संघ बल्खुका तर्फबाट १ लाख १८ हजार ३ सय ५५ र सम्पर्क मञ्च र विषादी पीडित सहयोग समिति काठमाडौको तर्फबाट ५५ हजार ५ सय सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका सभासद तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पाण्डेले विषादीको सहि व्यवस्थापन गर्न नसक्दा उक्त दुखद घटना निम्तिन पुगेको बताउनुभयो ।

उहाँले राष्ट्रियरुपमा अहिले प्रत्येक किसानको घरमा सुंघ्दा पनि ज्यानै जानसक्ने किसिमका कुनै न कुनै विषादी रहेको भन्दै विषादीको व्यवस्थानमा समयमै सचेत बन्न सकिएन भने ती विषादीले भोलिका दिनमा यी र यस्ता भयानक दुर्घटना निम्तदै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, रुघा लाग्या औषधी र विषादी एकै ठाउँबाट बिक्री भईरहेको छ, यस्ता हेलचेक्र्याईका कारण मानिसको ज्यान खतरामा छ ।

कार्यक्रममा धादिङ काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष थापाले उक्त दुखद घटनाले धादिङ नै शोकमा रहेको भन्दै यो शोकमा सबैतीरको सहयोग महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।

उक्त दुर्घटनामा परि ६ जनाले ज्यान गुमाएका थिए भने १५ जना घाईते भएका छन् । कार्यक्रममा सभाषद् धन बहादुर घले, परशुराम तामांग लगायतको उपस्थिती थियो ।