३ कार्तिक २०८३, मंगलबार

घरमै गएर ११ वर्षीय वालिकालाई फकाएर बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-womenइलाम, ३० फागुन । इलाममा एक वालिकाको बलात्कार भएको छ । इलामका एक युवकले घरमै गएर वालिकालाई फकाएर बलात्कार गरेका हुन् ।

बालिकालाई जबर्जस्ती करणी गर्ने ती युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

एघार वर्षीया एक बालिकालाई करणी गर्ने इलाम पशुपतिनगर–३ का ३२ वर्षीय निमाछिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार घरमा गएर बालिकालाई ललाइफकाई जबर्जस्ती गरी फरार भएका उनलाई आज बिहान इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरी हिरासतमा राखेको हो ।

बालिकाको स्वास्थ्य परीक्षण गरेपछि स्वास्थ्य अवस्था सामान्य रहेको परिवारजनले बताएका छन् ।

तामाङविरूद्ध जबर्जस्ती करणीअन्तर्गत मुद्दा दायर गरिने प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो ।