१ कार्तिक २०८३, आइतबार

कम्पनी बन्द भएपछि २५ नेपाली मजदुर मलेसियामा अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia_city_of_kuala_lumpurक्वालालम्पुर, ३० फागुन , कम्पनी बन्द भएपछि मलेसियामा अलपत्र २५ जना नेपाली युवा स्वदेश फर्कंदै छन् ।

जोहोरबारु स्थित एक गेम्बलिङ कम्पनी (मिनी क्यासिनो) अचानक बन्द भएपछि अलपत्र परेका उनीहरुको डेढ महिनाअघि जागिर गुमेको थियो ।

रोजगारीका क्रममा एकबर्षअघि देखि त्यहाँ कार्यरत उनीहरुलाई कम्पनी व्यवस्थापनले नेपाल फर्काउन लागेको पीडित कामदारले बताएको कान्तिपुर दैनिकले छापेको छ ।

दैनिक ५० हजार रिंगिट बराबरको व्यापार हुंदै आएको उक्त कम्पनी कानुनी समस्याका कारण बन्द भएको कामदारहरु ठान्दछन् ।

उनीहरुका अनुसार त्यहाँ कार्यरत करिब दुई सय नेपालीमध्ये यसअघि पटक पटक गरी डेढसय नेपाली जागिर गुमेपछि स्वदेश फिरेका थिए ।

उनीहरुलाई सरकारी अनुमतिभन्दा बेग्लै कम्पनीमा काम (कन्ट्रयाक) मा लगाइएको थियो । ‘कम्पनी बन्द भएपछि हामी २५ जना शुक्रबार नेपाल र्फकदै छौ ।’ पीडित मध्येका एक चितवनका धीरेन्द्र राईले बिहीबार टेलिफोन सम्पर्कमा भने ‘हामीलाई सम्झौता गरिएभन्दा बेग्लै कम्पनीमा काममा लगाइएको थियो । पटक पटक समस्या देखिएपछि यसअघि नै डेढसय साथीहरु फर्कीसके ।’

अर्का पीडित सन्तोष देउजाका अनुसार सबैजना आफ्नै खर्चमा स्वदेश फिर्न लागेका हुन् । अधिकांशको शुक्रबारसम्म मात्रै भिसा छ ।

‘हामी सबै आफ्नै खर्चमा र्फकन लागेका हौं । कम्पनीले कुनैपनि क्षतिपूर्ति दिएन’ उनले भने ‘न त अन्यत्र काम नै मिल्यो, बरु उल्टै ३ हजार ६ सय प्रतिव्यक्तिका दरले रकम मागेको थियो तर हामीले दिएनौं ।’

नेपाल फिरेपछि क्षतिपूर्ति माग गर्दै आवश्यक प्रक्रिया अपनाइने पीडितहरुले बताए ।