१ कार्तिक २०८३, आइतबार

एसएलसीका परीक्षार्थीलाई दुई घण्टा उपहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Load-Shading Studentकाठमाडौ, ३० फागुन । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक लोडसेडिङ २ घण्टा घटाउने भएको छ । अब दिनको ९ घण्टामात्रा लोडसेडिङ हुने छ ।

लहानदेखि पश्चिम र लमहीदेखि पूर्वको मध्य क्षेत्रमा प्राधिकरणले लोडसेडिङ घटाएर दैनिक ९ घण्टामा झार्ने भएको हो ।

‘चुहावट नियन्त्रणबाट बचेको र कुलेखानीलाई पीक आवरमा अलि बढी समय बढाएर लोडसेडिङ घटाउन लागेका हौं’, प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘४० देखि ५० मेगावाट विजुली भए दैनिक २ घण्टा लोडसेडिङ घट्छ ।’

उनले लोडसेडिङ घटाउन नदीको वहावको कुनै योगदान नभएको बताए । ‘नदीको वहाव बढेको छैन, बरु घटिरहेको छ ।’

खासगरी आइरन गेट भनेर चिनिने एसएलसी परीक्षा नजिकिरहेका बेला विद्यार्थीलाई लक्षित गरी लोडसेडिङ घटाउन लागेको काफ्लेको भनाई छ ।

‘चुहावट नियन्त्रणबाट बचेको बिजुलीमात्र २ घण्टा लोडसेडिङ घटाउन पर्याप्त नभएकाले कुलेखानी पनि बढी समय सञ्चालन गर्न लागेका हौं’, उनले भने, ‘एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीको हीतलाई ध्यानमा दिएर यो कदम चाल्न लागेका हौं ।’

हाल लहानदेखि पूर्व दैनिक ७ घण्टा र लमहीदेखि पश्चिम दैनिक ६ घण्टा मात्र लोडसेडिङ छ ।

ती क्षेत्रको लोडसेडिङ अवधिमा तत्काल कुनै परिवर्तन नहुने काफ्लले बताए ।

ती क्षेत्रका मानिसहरूले लोडसेडिङको अवधि कम भएपनि पर्याप्त बिजुली नहुँदा बत्ती मधुरो बल्नेलगायतका गुनाशो गर्दै आएको कान्तिपुर दैनिकले छापेको छ ।

प्राधिकरणले चैत भर चुहावट नियन्त्रण अभियानलाई तीब्रता दिने जनाएको छ ।