१२ कार्तिक २०८३, बिहिबार

प्रचण्डसँग पार्टी एकता गर्ने वैद्य माओवादीको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Mohan-Baidhya

काठमाडौँ, २९ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीसँग एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

माओवादीले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी एकता प्रक्रियालाई अगाडि बढाउन आफूहरु तयार रहेको जनाएको हो । त्यसका लागि आवश्यक वार्ता एवम् संवाद गर्ने माओवादीले निर्णय गरेको छ ।

एमाओवादी र माओवादीबीच एकताका लागि विगतदेखि नै प्रक्रिया अगाडि बढिरहेको र दुई पार्टीबीच संवाद पनि सुरु भएको अवस्थामा ठोस परिणाम ल्याउनु अपरिहार्य रहेको माओवादीका महासचिव रामबहादुर थापाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

माओवादीले पार्टी एकताका लागि यसअघि नै छबुँदे प्रस्ताव अगाडि सारेको थियो । प्रस्तावका सन्दर्भमा एमाओवादीले पनि सकारात्मक जवाफ दिएको सन्दर्भ उल्लेख गर्दै महासचिव थापाले अनौपचारिक संवादसमेत जारी रहेको बताउनुभएको छ ।