काठमाडौँ, २९ फागुन । सत्तारुढ दल नेपाली काँग्रेस र विपक्षी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सहमतिका विषयमा छलफल भएको छ ।
छलफलमा मधेशी मोर्चाले एकीकृत नेकपा माओवादीसंगको सहकार्य तोड्न सक्ने संकेत दिएको छ । आफ्नो माग पूरा भए माओवादीको गठबन्धलाई छाड्ने मोर्चाका नेताहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भनेका छन् ।
मोर्चाले प्रधानमन्त्रीसंग तराईमा दुई प्रदेश (नारायणीदेखि झापासम्म र त्यहाँदेखि कञ्चनपुरसम्म अर्को प्रदेश) मागेको मोर्चाका सदस्य राजेन्द्र महतोले बताए ।
यो माग पूरा भए एमाओवादीलाई छाडेर वार्तामा आउने मधेशी मोर्चाको धारणा छ । वार्तामा मधेशी मोर्चाका तर्फबाट विजय गच्छदार प्रधानमन्त्रीसामू अलि चलक देखिएका थिए ।
छलफलमा संविधान निर्माणका विवादित विषयमा सहमति खोज्नेबारे सकारात्मक कुराकानी समेत भएको छ ।
दुबै पक्षबीच वार्ता, संवाद र सहमतिबाटै सबै समस्याको निकास निकाल्नेगरी छलफललाई गतिसिल बनाउने समझदारी भएको हो ।
















प्रतिक्रिया