लमजुङ, २९ फागुन । ५ वर्षीय वालिकालाई चकलेट दिएर एक युवकले आफ्नै घरमा लगेर बलात्कार गरेका छन् ।
लमजुङको नौथर गाविसका १९ वर्षका धनबहादुर गुरुङले बालिकालाई चक्लेट दिएर फकाई आफ्नै घरमा लगेर लुगा खोल्न लगाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित परिवारको उजुरीपछि अभियुक्त गुरुङलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । अभियुक्त गुरुङले प्रहरी अनुसन्धानमा बलात्कार गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले प्रारम्भिक अनुसन्धानमा अभियुक्त गुरुङले बलात्कार गरेको स्वीकार गरेको जानकारी दिनुभयो ।
गत फागुन २१ गते होली खेलिरहेको बालिकालाई गुरुङले ‘मिठाई दिन्छु’ भन्दै फकाएर आफ्नो घर लगी बालिकालाई कपडा खोल्न लगाएका थिए ।
गुरुङले आफ्ना केही कपडा खोलेर बालिकालाई आफूमाथि चढ्न लगाएका थिए । खेल्ने भन्दै ती युवकले बालिकालाई आफूमाथि नांगै चढाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा उनी बलात्कृत भएको पुष्टि भएको छ ।
















प्रतिक्रिया