काठमाडौं, २९ फागुन । बैतडीका रोहित कुमार ओझा र तनहुँका रुद्र बहादुर थापा नेपाली सेनामा कार्यरत थिए । दुवै एकदमै मिल्ने साथी थिए ।
सेनामा जागिर खाएपछि यी दुईबीच चिनजान भएको थियो । बैतडीका ३२ वर्षीय रोहित अविवाहित हुन् । ३२ वर्षकै रुद्रले भर्खरै विहे गरेका थिए । यो घटना २०६६ सालको हो । जतिबेला रुद्र सिराहमा कार्यरत थिए । उनकी श्रीमती पनि सिराहामा संगै बस्दै आएकी थिईन् ।
परीक्षा दिन गएको बेला रुद्रकी श्रीमती आस्था थापा मगरसंग रोहितको चिनजान भयो । त्यो चिनजान मोबाईल फोनमा पनि पुग्यो । त्यसपछि रुद्रकी श्रीमतीसंग रोहितको हिमचिम बढ्यो ।
तरपनि रुद्र केही वास्ता गर्दैनथ्यो । हुँदा हुँदा रोहितले एनसेलका २ वटा सिम निकाली एउटा आस्थालाई दिएर एउटा आफैंले चलाउने गरे । आस्थालाई आफ्नो गर्लफ्रेण्ड बनाए ।
सिरहामा परीक्षा अवधिमा रोहित र आस्था यति नजिक भएको रुद्रलाई पत्तै थिएन् । परीक्षा सकिएपछि रुद्रले राजधानीको नेपालटारमा बस्दै आएको डेरामा फर्के । साथमा श्रीमतीलाई ल्याए ।
त्यसको केही महिनापछि रुद्र जागिरकै सिलसिलामा विदेशतिर लागे । रोहित पनि सरुवा भएर काठमाडौं आएका थिए । रुद्र विदेश लागेपछि आस्था र रोहितलाई झन सहज भयो । दुवैजना सधै नेपालटार कोठामै बस्थे । रातदिन मस्ती गर्थे ।
जागिर सकेर विदेशबाट फर्केर रुद्र काठमाडौं सरुवा भए । त्यसपछि रुद्रलाई थाहा भयो उनकी श्रीमती रोहितसंग पल्केकी छिन् । त्यसपछि रुद्रले आफ्नी श्रीमतीसँग रोहितसँगको सम्बन्धका बारेमा सोधेका थिए ।
त्यसपछि एक दिन तिनै जना राजधानीको भद्रकालीमा आए । रोहितले चलाखी गर्दै आस्थालाई टिका लगाएर वहिनी बनाएर खुट्टा ठोग्न सम्म भ्याए । त्यसपछि पनि रोहित बारम्बार रुद्रको कोठा जान थालेपछि रुद्रलाई शंका लाग्यो ।
त्यसपछि गत फागुन ११ गते रोहित अल्का अस्पताल जान्छु भनेर लगनखेल स्थित ब्यारेकबाट निस्केर वेपत्ता भएका थिए । त्यही दिन रोहितले रुद्रलाई भेट्न बोलाएका थिए ।
श्रीमतीको सम्बन्धका विषयमा विवाद भएपछि रुद्रले रोहितलाई आफुले लगाएको छालाको बेल्टले प्रहार गरी वेहास बनाएका थिए ।
वेहोस बनाएपछि रोहितकै मोवाईलबाट आफ्नी श्रीमतीलाई फोन गरेर रोहितलाई मारेको बताएका थिए । वेहोस भएका रोहितको पछि मृत्यु भयो ।
दोस्रो दिन शिवपुरी व्यारेकबाट पानीको पाईप मर्मत गर्ने भन्दै घटनास्थल गएर रोहितको लाशलाई अर्काे ठाउँमा लगेर खाल्डो खनेर गाडेका थिए । आफ्नै साथीको श्रीमतीसंग सल्किएपछि रोहितले आफ्नो ज्यानै गुमाए ।
रोहितका भाई भरत ओझाले दाजू धेरै दिनदेखि सम्पर्कमा नआएको भनेर महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो ।
महानगरीय अपराध महाशाखाको टालीले रुद्र बहादुर थापालाई रुपन्देही देवदह-२ पेटवनियाबाट आज पक्राउ गरेको गरी सार्वजनिक गरेको छ । उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।















प्रतिक्रिया