२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट : न्यूजिल्याण्डद्धारा बंगलादेश ३ विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

during the 2015 ICC Cricket World Cup match between Bangladesh and New Zealand at Seddon Park on March 13, 2015 in Hamilton, New Zealand.

काठमाडौं, २९ फागुन । विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा न्यूजिल्याण्डले बंगलादेशलार्इ ३ विकेटले पराजित गरेको छ ।

अष्ट्रेलियाको हृयामिल्टनमा भएको खेलमा मार्टीन गुुप्टिलको शतकमा न्यूजिल्याण्डले ४८.५ ओभरमा ७ विकेट गमाएर २८९ बनाउँदै विजयी भएको हो ।

न्यूजिल्याण्डका लागि गुप्टिलले १०० बलमा १०५ रन बनाए । रोस टेलर ५६ रनमा आउट भए । त्यस्तै ग्रान्ड इलियट र कोरी एन्डरसन समान ३९ रनमा आउट भए ।

डानियल भिट्टोरी १६ र टीम साउदी १२ रनमा अबिजित रहे । बंगलादेशका कप्तान शाकिब अल हसनले ४, नासिर हुसेनले २ र रुबेल हुसेनले १ विकेट लिए ।

यसअघि हृयामिल्टनमा टस हारेर व्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर २८८ रन बनाएको थियो ।

बंगलादेशका लागि महमदुल्लाहले १२३ बलमा १२ चौका र ३ छक्काको मद्दतले सर्वाधिक १२८ रन बनाएका थिए ।

बंगलादेशका शौम्य सरकारले ५१ बनाए । सकिव अल हसनसँथ र मुस्फिकर रहिमले समान ३१र३१ रन बनाए । सविर रहमानले ७८ रन बनाए ।

न्यूजिल्याण्डका टेन्ट बोल्ट, कोरी एण्डरसन र ग्रान्ट एलियटले बंगलादेशका २/२ विकेट लिएका थिए । यो जितसँगै न्यूजिल्याण्ड समूहमा सतप्रतिशत नतिजा निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ, भने बंगलादेश समूहमा चौथो हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।