३ कार्तिक २०८३, मंगलबार

बलात्कारीलाई कारबाहीको माग राख्दै अनेरास्ववियुद्धारा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-sangकाठमाडौँ, २९ फागुन । बाराकी सात वर्षीया बालिका पूजा साहको बलात्कारका कारण मृत्यु भएको घटनाको विरोधमा अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा बानेश्वर क्याम्पसका विद्यार्थीले आज प्रदर्शन गरेका छन् ।

शिक्षक, कर्मचारी, विद्यार्थीसहित क्याम्पसबाट निस्किएको जुलुस शान्तिनगर द्वार, मीनभवन हुँदै नयाँबानेश्वरस्थित संविधानसभा भवननजिकै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभाका वक्ताले बारालगायतका देशका विभिन्न भागमा बलात्कारका घटना बढ्दै गए पनि सरकारले सुरक्षाको वातावरण बनाउन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

दोेषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग राख्दै प्रदर्शन आयोजना गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिबी साउँदले जानकारी दिनुभयो । रासस