काठमाडौँ, २९ फागुन । बढ्दो महिला हिंसाको नयाँ स्वरुपमा बलात्कार विकराल समस्या बन्दै गइरहेको छ । विश्वका कयन देशमा बलात्कारीलाई सोझै फाँसी दिने प्रचलन छ ।
पछिल्लो तथ्याङ्क हेर्ने हो भने, नेपालमा बलात्कारका घटना दोब्बरले बढेका छन् । भर्खेरै मात्र बारा जिल्लाको कलैयाकी ६ वर्षीय वालिकालाई बलात्कार गरेर फोहोर फाल्ने ठाउँमा फलियो जसका कारण उनको मृत्यु भयो ।
सानै उमेर जबरजस्ती बलात्कारको सिकार भएकी ती वालिकालाई फोहोरमा फालेपछि डिप्रेशन बढेर उपचार कै क्रममा राजधानीको अस्पतालमा मृत्यु भयो ।
त्यसको केही दिन अगाडी राजधानीमै दुई किशोरीमाथि ट्युसन सेन्टरमै एसिड प्रहार भयो । यी सबै घटनाले नेपालमा हिंसाका घटना बढेको पुष्टि हुन्छ ।
यसरी दिनानुदिन हिंसाका घटना बढ्न थालेपछि अहिले देशैभरी बलात्कारीलाई कडा सजाय स्वरुप फाँसी सजाय माग गरिन थालिएको छ ।देशैभरीका विभिन्न ठाउँमा फाँसी सजायको माग राख्दै जनप्रदर्शन समेत भएको छ ।
विभिन्न संघ संस्थाले सरकार ज्ञापनपत्र बुझाउँदै फाँसी सजाय तथा हँदैसम्मको कारवाहीको माग गरिरहेका छन् । यस्तै, अन्तरपार्टी महिला सङ्घले पनि बलात्कारीलाई आजीवन कारावासको माग गरेको छ ।
अन्तरपार्टी महिला संघकी अध्यक्ष मीना पाण्डेको नेतृत्वमा गएको टोलीले पूजा साहको बलात्कार गर्ने दोषीलाई सर्वस्वहरणसहित आजीवन कारावासको सजाँय दिनुपर्ने, पीडितलाई उचित राहत दिनुपर्ने लगायतका माग राखी गृहमन्त्री बामदेव गौतमलाई ज्ञापनपत्र समेत बुक्राएका छन् ।
गृहमन्त्री गौतमले प्रचलित कानुनलाई टेकेर दोषीलाई हँदैसम्मको कारबाही प्रक्रिया अगाडी बढिरहेको बताएका छन् ।
यसअघि बैतडीकी पूजा बोहरालाई कानुनमन्त्री नरहरी आचार्यले न्याय दिलाउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म कुनै पहल भएको छैन् ।















प्रतिक्रिया