३ कार्तिक २०८३, मंगलबार

परिवारले प्रेम सम्बन्ध अस्वीकार गरेपछि युवक रुखमा झुण्डिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sucideदार्चुला, २९ फागुन । प्रेम सम्बन्धले मान्छेलाई जस्तोसुकै कदम उठाउन पनि बाध्य पार्छ । दार्चुलाका एक युवकले पनि यस्तै कदम उठाएका छन् ।

प्रहरीका अनुसार दार्चुलाको लेकम क्षेत्रमा पर्ने मालीकार्जुन गाविस–६ मा ती युवक रुखमा झुण्डिएका छन् ।

प्रेम सम्बन्धमा परिवारको साथ नपाएपछि दार्चुलाको मालीकार्जुन–६ का २६ वर्षीय ललितसिंह धामीले रुखमा झण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सुरुमा मृत फेला परेका धामीमाथि थप अनुसन्धानमा प्रहरीले प्रेम सम्बन्ध परिवारले अस्वीकार गरेपछि रुखमा झुण्डिएर आत्महत्या गरेको जनाएको हो ।

बुधबार घर नजिकैको रुखमा घाँटीमा डोरी लगाई झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । छिमेकी युवतीसंग उनको प्रेम सम्बन्ध रहेको थियो ।