महेन्द्रनगर, २८ फागुन । कञ्चनपुरको भिमदत्त नगरपालिका-१६ परखेडीस्थित सरस्वती उच्च माविका शिक्षक तथा पूर्वप्रध्यानाध्यापक वेद प्रकाश भट्टको विहीबार एक समारोहबीच विदाई गरिएको छ ।
विद्यालयको प्राङगणमा आयोजित समाारोहमा विद्यालयका प्रार्चाय डब्बल विष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रगुनाथ जोशी तथा शिक्षक अभिभावक संधका अध्यक्ष रतन बहादुर धानुकले ४० वर्षदेखि शिक्षण पेशमा क्रियाशिल शिक्षक भट्टलाई संयुक्त रुपमा सम्मानपत्र, सुनको औठि तथा दोसल्ला ओढाएर विदाई गर्नुभएको हो ।
विक्रम सम्बत २०३१ सालमा शिक्षण पेशामा पाईला टेक्नु भएका शिक्षक भट्ट २०३४ साल माघदेखि २०५३ असोजसम्म कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ परखेडीस्थित सरस्वती उमाविकामा प्रध्यानाध्यापक रुपमा कार्यरत रहनुभएको थियो ।
२०३८ सालदेखि एक दशकसम्म शिक्षक संघर्ष समितिको सह–सचिव पदमा रहनु भएका शिक्षक भट्ट दुई कार्यकाल दुई कार्यकाल शिक्षक संघका सचिव समेत रहनुभएको थियो ।
विदाई समारोहमा शिक्षक भट्टले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । विद्यालयबाट विदाई भएपनि मनदेखि सधै सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।















प्रतिक्रिया