३ कार्तिक २०८३, मंगलबार

जंगलमा के गर्दै थिए दुई शिकारीहरू ? प्रहरीद्वारा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hathkadiइटहरी, २९ । इटहरी र धरान उपमहानगरपालिकाबीचको चारकोसे जङ्गल क्षेत्रमा जङ्गली जनावर बँदेल हरिणलगायत जीवजन्तुको चोरी शिकार गरिरहेको अवस्थामा फेला परेका शिकारीको समूहमध्येका दुई जनालाई बिहीबार पक्राउ गरिएको छ ।

चारकोसे जङ्गल क्षेत्रमा भरुवा बन्दुकसहित जङ्गली जनावरको शिकार भइरहेको छ भन्ने सुराकीका आधारमा सेक्टर वन कार्यालय धरान तीनकुनेका वन रक्षकको टोली सो स्थानमा पुग्दा दोहोरो गोली हानाहान भएपछि हतियारधारी शिकारी समूह भने भाग्न सफल भएका थिए ।

गोली हान्दै हातमा बन्दुक भएका भागेको र केहीलाई भने आफूहरु पक्राउ गर्न सफल भएको सेक्टर वन कार्यालयले जनाएको छ ।

पक्राउ परेका नरबहादुर श्रेष्ठ र जिराधन राईलाई कारबाहीका लागि सेक्टर वन कार्यालय तरहरामा राखिएको सहायक वन अधिकृत पिताम्वर दासले जानकारी दिनुभयो ।