३ कार्तिक २०८३, मंगलबार

खजुरगाछीमा छोराले गरे आफ्नै बाबुको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Knife-mudorझापा, २९ फागुन । झापाको खजुरगाछीमा बिहीबार साँझ घरायसी विवाद हुँदा छोराले आफ्नै बाबुको धारिलो हतियारबाट हत्या गरेका छन् ।

झापाको खजुरगाछी–९ बस्ने ५५ वर्षीय हीरप्रसाद ताजपुरियालाई २६ वर्षीय छोरा उमेश ताजपुरियाले घरमा सामान्य विवाद भएपछि बन्चरो प्रहार गरेपछि घटनास्थल मै मृत्यु भएको थियो ।

प्रहरीले बाबुको मृत्युपछि हत्यारा फरार रहेकोले खोजी कार्यमा तीब्रता दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाबुको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।