३ कार्तिक २०८३, मंगलबार

के-के भयो काँग्रेस र एमाओवादीको बालुवाटार बैठकमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-prachanda

काठमाडौँ, २८ फागुन । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका शीर्ष नेताबीच बिहीबार साँझ भएको बैठक सकरात्मक भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधानका विवादित विषयलाई सहमतिका साथ टुङ्गो लगाउन छलफल र संवादलाई निरन्तरता दिनेबारे छलफल भएको बैठकपछि नेताहरुले बताए ।

संविधानका सहमतिमा पुग्नुपर्ने विषयमा दुईदलबीच सकारात्मक कुराकानी भएको छलफलमा सहभागी वन तथा भू–संरक्षण मन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका नेता महेश आचार्यले जानकारी दिनुभयो ।

मन्त्री आचार्यका अनुसार एक/दुई दिनमा दलहरुबीच दुई पक्षीय र वहुपक्षीय छलफल गरी संविधान निर्माणका विषयमा निर्णायक र परिणाममुखी वार्ता गरी निष्कर्ष निकालिने छ ।

यसअघि, बिहीबारै सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफलले विपक्षी ३० दलीय मोर्चासँग संविधान निर्माणका विषयमा चाँडै निर्णायक र परिणाममुखी वार्ता गर्ने निष्कर्ष निकालेको थियो ।

छलफलमा नेपाली काँग्रेसकातर्फबाट प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेताद्वय नरहरि आचार्य र महेश आचार्य हुनुहुन्थ्यो भने एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता डा बाबुुराम भट्टराई सहभागी हुनुहुन्थ्यो ।