३ कार्तिक २०८३, मंगलबार

त्रिभूवन विमानस्थलबाट लागूपदार्थसहित टर्किस महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkish-Airlines-Airport

काठमाडौँ, २८ फागुन । इस्तानबुल जान लागेकी एक टर्किकी महिला एक किलो ८०० ग्राम चरेससहित विहीवार त्रिभूवन विमानस्थलबाट पक्राउ परेकी छन् ।

टर्किस एयरलाइन्सको विमानबाट इस्तानबुल जान लागेकी ३० वर्षीया टर्किस नागरिक ओजी सागसोजलाई उक्त परिमाणको चरेससहित विहीवार पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

हाते झोला परीक्षण गर्ने क्रममा माटोको बुद्धमूर्तिभित्र लुकाएर राखेको उक्त चरेस बरामद भएको जनाउँदै ब्यूरोले अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताएको छ । रासस