चितवन, २८ फागुन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले अन्तरिम समयका लागि भए पनि स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्ने बताउनुभएको छ ।
गणतन्त्र स्थापनापछिको आठौँ जिल्ला परिषद्बाट आउँदो आवका लागि पारित नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै स्थानीय विकासमन्त्री सिंहले सबै दलले घोषणापत्रमा दोस्रो संविधानसभाको निर्वाचनको छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख गरेको स्मरण गराउनुभयो ।
नयाँ सविंधान जारी भएपछि पनि स्थानीय निकायको निर्वाचन गर्न समय लाग्छ, अन्तरिम समयका लागि भए पनि स्थानीय निकायको निर्वाचन यथाशक्य छिटो गर्नुपर्छ-उहाँले भन्नुभयो ।
स्थानीय निकायको निर्वाचनले संविधान निर्माणमा कुनै असर नपर्ने बताउँदै उहाँले स्थानीय निकायको निर्वाचनका लागि बाटो खोल्न संशोेधित प्रस्ताव संसदमा पेस भइसकेको बताउनुभयो ।















प्रतिक्रिया