काठमाडौं, २८ फागुन । विश्वकप क्रिकेट अन्तर्गतको आजको खेलमा यूएईलाई १४६ रनले हराउँदै दक्षिण अफ्रिका प्रतियोगिताको सुपर एटमा प्रवेश गरेको छ ।
दक्षिण अफ्रिकासंग पराजित भएको एशोसिएट राष्ट्र यूएई विश्कप क्रिकेट प्रतियोगिताबाट वाहिरिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ४१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ९९ रन बनाए । उनी शतक बनाउन १ मा चुके ।
फरहान बहाडीयनले ३१ बलमा ६४ रन बनाए । डेभिड मिलरले ४९ रन बनाए । जेन पल डेमिनी २३ रनमा आउट भए ।
ओपनर हसिम अमला १२ रन बनाए । यूएईका मोहम्मद नाभिदले दक्षिण अफ्रिकाका ३ विकेट लिए ।
३४२ रनको लक्ष्य पछ्याएको यूएई ४७.३ ओभरमा १९५ रनमा बनाएर अल आउट भयो ।
युएईका लागि स्वप्निल पटेलले सर्वाधिक ५७ रन बनाए । यस्तै साइमन अनवारले ३९ रनको योगदान दिए ।













प्रतिक्रिया