३ कार्तिक २०८३, मंगलबार

अमेरिकाको हिमालमा नेपाली युवाले गरे कीर्तिमानी आरोहण (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjay5काठमाडौं, २८ फागुन । लामो दुरीका धावक एवं पर्वतारोही सञ्जय पण्डितले दक्षिण अमेरिकाको सर्वोच्च शिखर ‘माउन्ट अकाउनकागुवा’को सफल आरोहण गरेका छन् ।

अकाउनकागुवाको शिखरमा पुगेर उनेले नेपाली राष्ट्रिय झण्डा सहित नेपाली पोशाक दौरा सुरुवाल भादगाउँले टोपी प्रदर्शन गरेका छन् ।

विश्वका सात समिट मध्ये प्राविधीक रुपमा सवैभन्दा कठिन र प्रख्यात आरोहीहरुको जमघट हुने अकाउनकागुवाको शिखर चुम्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको पण्तिले बताए ।

sanjay4दुःख र खतराका हिसावले आफुलाई सगरमाथा र मनास्ल भन्दा पनि माउन्ट अकाउनकागुवा चुनौतिपुर्ण लागेको भन्दै उनले भने- ‘त्यहाँ मृत्युको कल्पना हुन्थ्यो, यहाँ आफ्नो आँखा अगाडी मृत्यु देखेजस्तो लाग्यो ।’

आफुलाई मृत्युले पलपल बोलाएपनी शुभेच्छुकको न्यानो मायाले आफु सफल भएको उनले बताए ।

sanjay1 sanjay2 sanjay3