काठमाडौँ, २८ फागुन । एकीकृत नेकपा (माओवादी) नेत्री एवम् पूर्वमन्त्री सत्या पहाडीलाई मातृ शोक परेको छ ।
लामो समयदेखि अर्बुदरबोगबाट पीडित थपना पहाडीको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित नेसनल अस्पतालमा ७३वर्षका उमेरमा निधन भएको हो ।
डोल्पाको लिपु गाविसमा जन्मनुभएकी पहाडी एमाओवादीको पार्टी सदस्यसमेत हुनुहुन्थ्यो । पहाडीलाई अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाटमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरालगायतका नेता तथा कार्यकर्ता पुग्नुभएको थियो ।
उहाँको आजै अन्तिम दाहसंस्कार गरिने छ । पहाडीका चार छोरा र तीन छोरी हुनुहुन्छ । रासस















प्रतिक्रिया