३ कार्तिक २०८३, मंगलबार

विवाह मण्डमै गएर प्रहरीले रोक्यो बालविवाह !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marriageचौतारा, २८ फागुन । सिन्धुपाल्चोकको फुल्पिङडाँडा गाविसमा आज हुन लागेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ ।

फुल्पिङडाँडा-२ लप्से निवासी १५ वर्षीय तामाङ समुदायको किशोर र माङ्खा–६ अँधेरी निवासी १७ वर्षीया किशोरीका बीच आज हुन लागेको बाल विवाह रोकिएको हो ।

उक्त गाविसमा कार्यरत महिला आत्मनिर्भरता केन्द्रकी सामाजिक परिचालिका पार्वती अधिकारीले बाल विवाह हुँदैछ भन्ने जानकारी जिल्ला बालकल्याण समितिमा गराएकी थिइन् ।

समितिको आग्रहमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट गएको टोलीले छरछिमेकी, स्थानीय भद्र भलाद्मी सबैलाई भेला गराई सम्झाइबुझाई गरेपछि विवाह रोकिएको प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।

केही दिनअघि यस जिल्लाको मेलम्ची नगरपालिका–८ सिन्धुकोटमा भएको बाल विवाहलाई प्रहरीले हस्तक्षेप गरेर रोकेको थियो ।