काठमाडौं, २८ फागुन । विश्वकप क्रिकेटमा आजको खेलमा दक्षिण अफ्रिकाले यूएईसामू ३४२ रनको प्रस्तुत गरेको छ ।
विलिङटनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३४१ रन बनायो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ९९ रन बनाए । उनी शतक बनाउन १ मा चुके ।
फरहान बहाडीयनले ३१ बलमा ६४ रन बनाए । डेभिड मिलरले ४९ रन बनाए । जेन पल डेमिनी २३ रनमा आउट भए ।
ओपनर हसिम अमला १२ रन बनाए । यूएईका मोहम्मद नाभिदले दक्षिण अफ्रिकाका ३ विकेट लिए । अहिले यूएई जवाफी व्याटिगंमा उत्रिएको छ ।













प्रतिक्रिया