काठमाडौँ, २८ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बुधबार कांग्रेस नेताको घर कब्जा गरेको छ । नेता पदमराज जोशीको निरौली गाविसको बीपीनगरस्थित घर कब्जा गरेको नेकपा–माओवादीले जनाएको छ ।
उक्त पार्टीका कार्यकर्ताले झन्डा गाडेर घर कब्जा गरेका हुन् । टोलीले पर्चा पम्प्लेट छाड्नुका साथै घरमा नारा लेखेको छ । जोशीका घरमा इलाका वनका कर्मचारी र शिक्षक डेरा बस्दै आएका थिए । जोशीमाथि विभिन्न आरोप लगाउँदै पार्टी केन्द्रीय समितिको निर्णयअनुसार घर कब्जा गरिएको जिल्ला अध्यक्ष विवेक कुमालले बताए । जिल्ला प्रहरीका डिएसपी डम्बर चन्दले कब्जा गर्ने समूहको खोजी भइरहेको बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
















प्रतिक्रिया