काठमाडौं, २८ फागुन । काठमाडौंका नवीनबाबु श्रेष्ठ र राम बानियाँको जोडीले प्रथम राष्ट्रव्यापी खुलाब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सउपाधि जितेका छन् ।
तनहुँ जिल्ला ब्याडमिन्टन संघद्वारा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा उक्तजोडीले लम्जुङका सुरेश श्रेष्ठ र सुमेश श्रेष्ठको जोडीलाई २१–१२ र २१–८ को सोझो सेटमा पराजित गरे ।
गोर्खाका प्रकाशचन्द्र श्रेष्ठ र अच्यूतकुमार श्रेष्ठ तथा दमौलीका यज्ञबहादुर राना र कैलाश गुरुङको जोडी संयुक्त रुपमा तेश्रो बने । शीर्ष तीन स्थानहात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हातपारे ।
विजेतालाई नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापालगायतले पुरस्कार प्रदान गरे ।
आबुँखैरेनीमा भएको तीनदिने प्रतियोगितामा पुरुष डबल्समा४० जोडीले सहभागिता जनाएको आयोजक संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भगवान श्रेष्ठले जनाएका छन् ।













प्रतिक्रिया