१ कार्तिक २०८३, आइतबार

साना बालबालिकालाई म्याद गुज्रिएको औषधि खुवाइएको प्रमाणित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tabletsझापा, २८ फागुन । कलिला विद्यार्थीलाई हात्तीपाइले रोग विरुद्ध म्याद नाघेको औषधि खुवाइएको प्रमाणित भएको छ ।

भद्रपुरका विद्यार्थीलाई मंगलबारमात्र खुवाइएको उक्त औषधिमाथि प्रश्न उठेपछि छानबिन गर्न चिकित्सक सम्मिलित समिति बनाइएको थियो ।

समितिले म्याद गुज्रेको औषधि खुवाइएको पुष्टि गरेको छ ।

भद्रपुर नगरपालिकास्थित वीरेन्द्र उच्चमाविका विद्यार्थीलाई म्याद गुज्रिएको औषधि खुवाइएको पाइएपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले धुलावारी स्वास्थ्यचौकीका मेडिकल अधिकृत डा. राजु सेढाईंको संयोजकत्वमा छानविन समिति गठन गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

समिति संयोजक सेढाईंका अनुसार उक्त विद्यालयका विद्यार्थीलाई वितरण गरिएको औषधिको उपभोग्य मिति सकिएको पाइएको छ ।