काठमाडौं, २७ फागुन । दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा एक्कासी ढलेर अचेत भएपछि अस्पतालमा भर्ना गरिएको छ ।
काठमाडौँको ठमेलस्थित निवासमा बसिरहेको बेला एक्कासी ढलेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको अझै होस नखुलेको आफन्त आईतसिंह तामाङले जानकारी दिए ।
होस नखुलेपनि राजदूत लामाको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको शरीरमा सोइडियनको कमी भएकाले यस्तो समस्या देखिएको अस्पतालले जनाएको छ । लामा फागुन ९ गते केही दिनका लागि नेपाल आएका थिए । लामाको कार्यकाल सकिन अब केही महिनामात्रै बाँकी छ ।
















प्रतिक्रिया