काठमाडौं, २७ फागुन । विश्वकप क्रिकेट अन्तर्गत बुधबार खेलमा स्कटल्याण्डको लज्जास्पद हारमा श्रीलंका क्वार्टरफाइनल प्रवेश गरेको छ ।
अष्ट्रेलियाको होबार्टमा भएको खेलमा स्कटल्याण्डलाई १ सय ४८ रनको फराकिलो अन्तरले हराउँदै श्रीलंकाले अन्तिम ८ मा स्थान सुरक्षित बनाएको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै ३ सय ६३ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुमार सांगाकाराले १ सय २४ रन जोडे भने तिलकरत्ने दिलसानले १ सय चार रन जोडे । यसैगरी, कप्तान एन्जेलो म्याथ्युजले २१ बलमा ५१ रन बनाएका थिए ।
३६४ रनको विजयी लक्ष्यसहित मैदानमा व्याटिङ सुरु गरेको स्कटल्यान्डले ४३.१ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रनमा समेटियो ।
स्कटल्यान्डका फ्रेडी कोलेमनले ७० रन बनाए । अन्य व्याटस्म्यान नचल्दा स्कटल्यान्डले लज्जापद हार व्यहोर्यो । श्रीलंकाका नुवन कुलसेकरा र दुस्मन्था चमीराले समान ३-३ विकेट लिए ।
समूह चरणका सबै ६ खेल खेलिसकेको श्रीलंका चार खेल जित्दै क्वार्टरफाइनलमा पुगेको छ भने एक खेल नजितेको स्कटल्यान्डले अन्तिम खेल खेल्न बाँकी छ ।
यो खेलसंगै स्कटल्यान्ड प्रतियोगिताबाट वाहिररिएको छ । प्रतियोगिताको नियम पूरा गर्न एक खेल खेल्ने छ ।














प्रतिक्रिया