३ कार्तिक २०८३, मंगलबार

विश्व साईकल यात्रामा निस्किएका मानन्धर सहयोग माग्दै चितवनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2

– सन्दिप भट्ट
भरतपुर, २७ फागुन । साईकल चलाएर विश्व भ्रमण गर्ने उदेश्यले निस्किएका साईकल यात्री रामचन्द्र मानन्धर बुधवार चितवन आएका छन् ।

दुई सय देशको यात्रा गर्ने लक्ष्य राखेर र्साईकल यात्रामा निस्किएका बिश्व साईकल यात्री रामचन्द्र मानन्धरले आर्थिक सहयोगको अपेक्षा गरेका छन् ।

आर्थिक अभावका कारणले आफनो यात्रामा समस्या आएको बताउदै उनले सहयोग गर्न सबैसंग आग्रह गरे । बुधबार भरतपुरको सप्तगण्डकी कलेजमा आर्थीक सहयोगका लागी आएका उनले सञ्चार माध्यम मार्फत आफनो लक्ष्य पुरा गर्न आवश्यक आर्थिक सहयोग गरिदिन आग्रह गरे ।

1२०६३ माघ ८ गते काठमाण्डौबाट साईकल यात्रामा निस्किएको उनले बताए । साईकल यात्राकै दौरानमा हाल सम्म २७ देशको यात्रा गरिसकेको बताए ।

नेपाल सरकार परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, र यूएन बाट सहयोग भएकाले बिदेशी मुलुकहरुमा सहजै प्रबेश मिलेको उनले बताए । भाषा संस्कृति र भुगोलका हिसावले धेरै चुनौती हुदा हुदै पनि ति चुनौती सामना गर्दै यात्रा गरेको उनी बताउछन् ।

3 (1)नेपालको पहिचान दिनका लागी आफू साईकल यात्रामा निस्किको उनले वताए । उनले दैनिक १० डलर सम्म खर्च हुने गरेको वताए । केही दिनपछि जापान यात्राका लागी निस्किने तयारी गरेको उनले बताए ।

यात्राका क्रममा उनले प्रत्येक देशवाट मुद्रा र अन्य सामाग्री संकलन गरिरहेको वताए । उनले अवको ८ बर्षमा आफ्नो लक्ष पुरा हुने वताएका छन् ।