३ कार्तिक २०८३, मंगलबार

सून तस्करको नयाँ फर्मुला, कण्डममा बेरेर मलद्धारभित्र राखेर ल्याइएको ४ किलो सूनसहित पाँच पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, २७ फागुन । अवैध सुन तस्करीको नयाँ फर्मुला प्रहरीले पत्ता लगाएको छ । नयाँ फर्मुला अनुसार तस्करहरुले भरियामार्फत अवैध रुपमा सून तस्करी गराउने गरेका छन् ।

तस्करले भरियाको दिशा गर्ने मलद्धारभित्र कण्डमले बेरेर सून तस्करी गराउने गरेको प्रहरीले खुलासा गरेको हो ।

मंगलबार प्रहरीले मलद्धारभित्र सून हालेर ल्याउँदै गरेका पाँच भरियालाई पक्राउ गरेको छ । उनीहरुबाट ४ किलो सून समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरका भरत कार्की, लक्ष्मण कार्की, सुनिल कुमार खड्का, ईश्वर बस्नेत र गाडी चालक सुभाष राउत रहेका छन् । यीनीहरुले सबैले आफ्नो मलद्धारामा १/१ किलो सून राखेका थिए ।

प्रहरीले गोप्य सूचनाको आधारमा चिनको खासाबाट आएको ना १ ज ४७५७ नम्बरको गाडीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले मंगलबार राति भक्तपुरको सल्लाघारी बाट नियन्त्रण लिएको थियो ।

नियन्त्रणमा लिएपछि प्रहरीले पाँचैजनाको स्वास्थ्य परीक्षण गर्दा सून भेटिएपछि चार किलो सून बरामद गरेको हो । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीका लागि महानगरीय अपराध महाशाखाले राजश्व अनुसन्धान विभागमा पठाएको छ ।