२९ आश्विन २०८३, बिहिबार

विश्वकपमा राम्रो क्रिकेट खेलेपछि बलात्कार मुद्दा फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

62224-126393-33470-rubu1काठमाडौं, २७ फागुन । बलात्कार मुद्दाका कारण विवादमा आएका वंगलादेशका क्रिकेटर रूबैल हुसैनले सफाई पाउने भएका छन् ।

अष्ट्रेलियामा जारी विश्वकप क्रिकेट प्रतियोगितामा हुसैनले उत्कृष्ट प्रदर्शन गरेर देशको नाम विश्वमा चिनाएपछि उनी बलात्कार मुद्दामा छुटकारा पाउने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफ्नी प्रेमिका १९ वर्षीय कलाकार/मोडल नाजनिन अख्तरलाई विहे गर्छु भन्दै शारीरिक सम्बन्ध बनाएका थिए । आफ्नो प्रेमीले धोका दिएको भन्दै नाजनिनले अदालतमा बलात्कारको आरोपमा मुद्दा हालेकी थिईन् ।

rubel-hossain-54ffca614aacd_exlstतर अदालतले विश्वकप अवधिभर क्रिकेटर हुसैनको मुद्दामा फैसला नगर्ने निर्णय गरेको थियो । विश्वकप क्रिकेटमा राम्रो खेलेपछि क्रिकेटर हुसैन विरुद्धको मुद्दा नाजनिनले मंगलबार टिभीमार्फत बोल्दै फिर्ता लिने बताएकी छिन् ।

यो निर्णयसंगै हुसैनलाई विश्वकप जस्तै आफ्नै देशबाट ठुलो सजायबाट मुक्ति गराएको छ । क्रिकेटर हुसैनले प्रेमिका नाजनिनसंग शारीरिक सम्बन्ध राखेको स्वीकार गरिसकेको छन् ।