३ कार्तिक २०८३, मंगलबार

विषाक्त रोटी खाएर परिवारै गुमाएका धादिङका पीडितलाई राहत दिने प्रधानमन्त्रीको प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NC Demands Proper Medical Treatment from Nepal Government

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले बीउका लागि राखेको विषाक्त गहूँ पिसेर बनाएको रोटी खाँदा मृत्यु भएका धादिङ पीडाका सञ्जबहादुर तामाङको परिवारका बाँकी सदस्यहरुलाई राहत र बिरामी परेका व्यक्तिहरुको स्वास्थ्योपचारमा सरकारले सहयोग गर्ने वचन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालयबाट आज प्रकाशित विज्ञप्तिका अनुसार उहाँले नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले यस घटनाका सन्दर्भमा आज दिएको ज्ञापनपत्र बुझ्दै सो वचन दिनुभएको हो । ज्ञापनपत्रमा यस घटनाबाट पीडित परिवारलाई आर्थिक सहयोग र बिरामीको स्वास्थोपचारको सम्पूर्ण व्यवस्था गर्नेसहित विषादीका बारेमा आमजनतालाई सही जानकारी दिने व्यवस्था गर्न माग गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले बडो दुःखद घटना भएको उल्लेख गर्दै भन्नुभयो–“ नेपाली काँग्रेस पार्टी सभापति र सरकार प्रमुखका रुपमा पीडितलाई सक्दो सहयोग गर्नेछु । दुःखमा परेकालाई सहयोग गर्ने सरकारको दायित्व नै हो ।” उहाँले प्रश्न गर्दैैै भन्नुभयो–“यस्तो बेलामा सहयोग नगरे कहिले गर्ने ?”

बीउका लागि राखेको विषाक्त गहुँ पिसेर बनाएको रोटी खाँदा धादिङ पिँडा गाविस चिउरीभञ्ज्याङका सञ्जबहादुर तामाङको परिवारका ६ सदस्यको सोमबार निधन भएको थियो । सोही घट्टमा पिसिएको गहुँ र कोदोको पीठोबाट बनाएको रोटी खाँदा थप ४१ बिरामी परेका छन् ।

प्रधानमन्त्री कोइरालाले मङ्गलबार साँझ एक समवेदना सन्देश दिँदै सो घट्नाले आफूलाई मर्माहत बनाएको बताउनु हुँदै दिवङ्गत हुनुभएकाको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको थियो । रासस