१ कार्तिक २०८३, आइतबार

सुनको व्यापार मलद्धारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold-Sunकाठमाडौं, २७ फागुन । सुन तस्करले भरियालाई मलद्धारमा लुकाउन लगाएर सुन तस्करी गराउन थालेका छन् ।

मलद्धारमा लुकाएर ल्याएको करिव ४ किलो सुनसहित सातजनालाई प्रहरीले पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

महानगरीय अपराध महाशाखाले अस्पतालमा मेडिकल प्रविधिमार्फत मलद्धारभित्र लुकाएको सुन निकालेको छ ।

प्रहरी अस्पतालमा राखेर भरत कार्की, इश्वर बस्नेत, सुनील खड्का र लक्ष्मण कार्कीको मलद्धारबाट दुई दुईवटा सुनका टुक्रा निकालेको प्रहरीले जनाएको छ ।