३० आश्विन २०८३, शुक्रबार

मेगाले ल्यायो नेपालकै अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’, सुदूर र मध्यपश्चिममा शाखा खोल्ने घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega-Bank-Sakchyam-Agreement1

काठमाडौँ, २७ फागुन । मेगा बैंक नेपाल लिमिटेडले सुदूर र मध्यपश्चिमाञ्चलका विकट जिल्लाबाट अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ संचालनमा ल्याएको छ ।

बेलायती सहयोगमा संचालित सक्षम एक्सिस टू फाइनान्स नामक परियोजनासँगको सहकार्य मेगा बैंकले यो सेवा संचालनमा ल्याएको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सक्षम एक्सिस टू फाइन्स कार्यक्रम प्रमुख बलजीत बोहेराले ट्याब बैंकिङ सेवा संचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । यो सेवा सुदूरपश्चिमका अछाम, बैतडी, डडेल्धुरा, कैलाली तथा मध्यपश्चिमका दाङ र सल्यानमा संचालन हुनेछ । त्यसका लागि मेगा बैंकले आगामी तीन बर्षभित्र चार वटा शाखा, ३० वटा शाखारहित बैंकिङ सेवा र स्थानीय एजेन्टमार्फत ट्याबलेट बैंकिङ सेवा संचालन गर्ने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले जानकारी दिनुभयो ।

Mega-Bank-Sakchyam-Agreement

‘हलोदेखि हाइड्रोसम्मका सबै नेपालीको बैंक’ भन्ने नारालाई सार्थक बनाउन बैंकले सक्षमसँगको सहकार्यमा नेपालमै पहिलोपटक ट्याबलेट बैंकिङ सेवा संचालनमा ल्याउन लागेको सिइओ शाहले बताउनुभयो । यो कार्यक्रममार्फत सुदूरपश्चिमका जिल्लामा मेगा बैंकले पहिलोपटक पाइला राख्न पाउँदा आफूहरु उत्साहित भएको उहाँले बताउनुभयो ।
सिइओ शाहका अनुसार, यो सेवा अत्यन्तै आधुनिक र मितव्ययी छ । पत्रकार सम्मेलनमा ट्याब बैंकिङ सेवा संचालन गर्ने तरिका तथा फाइदाका विषयमा समेत जानकारी दिइएको थियो । ट्याबलेट बैंकिङबाट वित्तीय साक्षरता समेत बढाउने विश्वास लिइएको छ ।

Mega-Bank-Sakchyam-Agreement3

सक्षम कार्यक्रमका टिम लिडर बोहराले उपयुक्त माध्यममार्फत ग्रामीण क्षेत्रका बासिन्दाको घरदैलोमा माइक्रो बैंकिङ सेवाहरु छिट्टै संचालन गर्न आफूहरु लागिपरेको बताउनुभयो । शाखारहित बैंकिङ तथा ट्याब बैंकिङ सेवाको प्रयोगले अत्याधुनिक प्रविधिमार्फत वित्तीय कारोबार गर्नका लागि प्रोत्साहन मिल्ने उहाँले बताउनुभयो ।

Mega-Bank-Sakchyam-Agreement2

‘सन् २००६ मा सशस्त्र युद्ध अन्त्य भएपछि गरिबीको रेखा राष्ट्रियस्तरमा २५.१६ प्रतिशत रहेपनि सुदूरपश्चिममा अझै ४५.६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । वित्तीय अवसरबाट वञ्चित रहेकै कारण गरिबीदर उच्च छ ।, मेगा बैंक र सक्षमबाट जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘उच्च संचालन खर्च तथा जोखिमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा वित्तीय अवसरहरुको कमी छन् । यसैलाई मध्यनजर राखी सक्षम कार्यक्रमले बैंक तथा अन्य वित्तीय संस्थाहरुसँगको सहकार्यमा वित्तीय सेवाको पहुँच बढाउँदै आएको छ । वित्तीय दूरी कम गर्न साना मझौला व्यवसायमा बृद्धि गरी गरिब गृहिणी, वित्तीय सेवा नपुगेको क्षेत्रमा निजी क्षेत्रको गतिविधिमा बृद्धि गर्दै गरिबीको संख्या घटाउन यो सहकार्यले मद्दत गर्नेछ ।’

Mega-Bank-Raveena-Deshraj-Shrestha

नेपाल सरकार र बेलायत सरकारबीचको सम्झौता अनुसार युके एडका लागि डीएफआइडीले सक्षम एक्सिस टू फाइनान्स कार्यक्रम संचालन गर्दै आएको छ । डीएफआइडीका लागि लुइस बर्जरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा नेपालमा नेपालमा संचालन गर्दै आएको गर्छ ।

Mega-Bank-Tulsi-Pokhrel

अहिले २८ वटा शाखा, ४८ वटा अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १२ सय भन्दा मेगा रेमिट सञ्जालमार्फत मेगा बैंकले सेवा पुर्‍याउँदै आएको छ ।