३ कार्तिक २०८३, मंगलबार

ससुराली हिँडेका युवकको हिउँमा फसेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, २६ फागुन । घरबाट ससुराली आउँदै गर्दा एक युवकको हिउँमा फसेर आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा हुम्ला रोडिकोट गाविस–४ घर भएका २८ वर्षीय सूर्यबहादुर शाही रहेका छन् ।

घरबाट मुगुको छल्यालवाडामा रहेको ससुराली आउने क्रममा चङ्खेली हिमालको लेप्का भन्ने स्थानमा उनी हिउँमा फसेका थिए ।

शाहीको शवलाई हुम्ला लगिएको मृतकका भाईसाला शैलेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । रासस