३ कार्तिक २०८३, मंगलबार

लोग्नेलाई विदेश पठाईदिन्छु भन्दै अर्काकी स्वास्नीबाट धनमाल लुट्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaकाठमाडौं, २६ फागुन । लोग्नलाई विदेश पठाईदिन्छु भन्दै अर्काकी स्वास्नीसंग लाखौ रुपैयाँ लिएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पर्सा घर भइ राजधानीमा ‘पव्लिक केयर फाउन्डेसन’बाट सिंगापुर, जापान पठाइदिने भन्दै लाखौ ठगी गर्ने महावीर प्रसाद जैसवाललाई मंगलबार पक्राउ गरेको हो ।

अभियुक्त जैसवालले राजधानी काठमाडौंमा ‘पव्लिक केयर फाउन्डेसन’बाट विदेशमा रोजगारीका लागि पठाएदिने भन्दै आइएमईमा पैसा राख्न लगाई लाखौको ठगी गर्दै आएका थिए ।

जैसवालले आफ्नै कार्यालयमा काम गर्ने कर्मचारी कैलालीकी दिक्षा पाण्डे भट्ट (हाल काठमाडौं किर्तिपुर बस्ने)बाट लोग्ने विदेश पठाईदिने भन्दै जागिर दिएर लाखौंको नगदसहित सूनचाँदी समेत लगेर ठगी गरेका थिए ।

कर्मचारी भट्टलाई विभिन्न प्रलोभन देखाएर लोग्नेलाई सिंगापुर पठाईदिन्छु भनेर जैसवालले नगद ४ लाख ८५ हजार र १ तोला १९ लाल सुनको सिक्री लगेर ठगी गरेका थिए ।

महानगरीय अपराध महाशाखाले जैसवाललाई पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाएको छ ।