३ कार्तिक २०८३, मंगलबार

कञ्चनपुरमा उद्योग परिसंघद्धारा जिल्ला परिषद् बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cniमहेन्द्रनगर, २६ फागुन । कञ्चनपुर जिल्लाको जिल्ला परिषद्लाइ नेपाल उद्योग परिसंघ कञ्चनपुर कैलाली च्याप्टरले बहिष्कार गरेको छ ।

संघका नाममा पत्रलेखी परिषद्मा आमन्त्रण गरेको जिविस कञ्चनपुरले समुद्घाटन समारोहमा एक उद्योगीहरुको पेशागत संगठनलाइ सम्बोधन गरी आयोजकले गम्भीर गल्ती गरेको भन्दै परिसंघले परिषद् बहिष्कार गरेको हो ।

ठुलो संगठनलाई चेपुवामा पार्ने षड्यन्त्र भएकाले जिल्ला परिषद् बहिस्कार गरिएको नेपाल उद्योग परिसंघ कञ्चनपुर–कैलाली च्याप्टरका संयोजक हेम बिक्रम थापाले बताउनुभयो ।

उहाँले परिसंघका तर्फबाट प्रेस सहयोगी भरत खत्रीलाइ पठाएको जानकारी दिँदै सम्बोधनका क्रममा कुनैपनि किसिमले सम्बोधन नगरिएको जानकारी दिनुभयो ।

बिगत केही बर्षदेखि कञ्चनपुरमा औद्योगिक ब्यापार मेला आयोजना गर्दै आएको परिसंघले सामाजिक क्षेत्रमा समेत ठुलो योगदान दिँदै आएको छ ।

उहाँका अनुसार ब्यापार मेलाबाट प्राप्त केही रकम असहाय बिद्यार्थीहरुका लागी अक्षय कोषको रुपमा खडा गरिएको छ । कञ्चनपुरको आठौं जिल्ला परिषद्ले करिब १० करोडको प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।