३ कार्तिक २०८३, मंगलबार

राजधानीको डिल्लीबजार कारागारका एक कैदी फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ARRESTकाठमाडौं, २६ फागुन । राजधानीको डिल्लीबजार कारागारका एक कैदी प्रहरीलाई झुक्याएर भागेका छन् ।

डिल्लीबजार स्थित सदर कारागारबाट उपचारका लागि त्रिपुरेश्वर आँखा अस्पताल पुर्‍याइएका कैदी पासाङ शेर्पा प्रहरीलाई झुक्याएर भागेको प्रहरीले जनाएको छ ।

लागू औषध कारोबारको मुद्दामा ६ महिनादेखि कारागारमा रहेका शेर्पा सजाय सकिनु अगाडी नै भागेका हुन् ।
प्रहरीलाई झुक्याएर भागेका शेर्पाको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।