चितवन, २६ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रतिपक्षीसँगको अबको वार्ता अर्थपूर्ण हुने बताउनुभएको छ ।
सञ्चारकर्मीसँग आज यहाँ कुरा गर्दै उहाँले सत्तापक्ष वार्ताका लागि गम्भीर भएकाले विपक्षी दल पनि सहमतिका लागि गम्भीर हुनुपर्ने बताउनुभयो ।
उट्पट्याङ कुराले मात्र वार्ता निष्कर्षमा पुग्न नसक्ने भन्दै उहाँले विपक्षी मोर्चालाई आफ्नो बैठकमा व्यापक छलफल गरी सहमतिमा आउन आग्रह गर्नुभयो ।
विपक्षी मोर्चाप्रति लक्ष्य गर्दै उहाँले भन्नुभयो, “कि हाम्रा कुरा सुन्नुहोस् या हामीलाई कन्भिन्स गर्नुहोस् ।” विपक्षी दल सकारात्मक बनेमा छिट्टै संविधान जारी गर्न सकिने उहाँको भनाइ थियो । रासस















प्रतिक्रिया