३ कार्तिक २०८३, मंगलबार

तन्नेरी र किशोरीको प्रेम सम्बन्ध परिवारले अस्विकार गरेपछि झुण्डिएर आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suside-manइलाम, २६ फागुन । कलेज पढ्दा चिनजान भएको यी दुई तन्नेरी र किशोरीको । करिब १ वर्षदेखि प्रेम सम्बधमा रहेका यो जोडीलाई परिवारले साथ नदिएपछि संसारबाट विदा भएका छन् ।

प्रहरीका अनुसार २० वर्षीय किशोरी सिर्जना गजमेर र तन्नेरी ३८ वर्षीय सानबहादुर भण्डारीले परिवारले प्रेम प्रस्ताव अस्विकार गरेपछि झुण्डिएर संसार छाडेका छन् ।

झुण्डिएको अवस्थामा फेला परेका यो जोडीलाई प्रहरीले पोष्टमार्टका लागि अस्पताल पुर्‍याएको छ ।

२० वर्षीय किशोरी दिदिको घरमा बसेर नजिकैको क्याम्पसमा पढ्दै आइरहेकी थिईन् ।

तन्नेरी भण्डारी पेसाले व्यापारी हुन् । दिदिकै घर पढ्न आएकी किशोरीसंग भण्डारीको सामान्य चिनजान थियो ।

त्यो चिनजान प्रेममा परिणत भएर परिवारले अस्विकार गरेपछि आज संसारबाटै विदा लिएका हुन् ।

दुबैको शव परीक्षण लागि जिल्ला अस्पताल पठाइएको प्रहरी जवान अमितकुमार झाले जानकारी दिएका छन् ।