३० आश्विन २०८३, शुक्रबार

सरकारी स्वामित्वकै सिमेन्टको मूल्य बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

28770_cement

काठमाडौं, २६ फागुन । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुरको जलजलेबाट उत्पादन हुँदै आएको गैँंडाछाप सिमेन्टको मूल्य फेरि बढेको छ ।

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको विगतको मूल्य भन्दा प्रतिबोरा २९ को दरले वृद्धि गर्ने निर्णय भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष बिमल कार्कीले जानकारी दिनुभयो ।

आइतबार उद्योग बोर्डको बैठक बसेर सिमेन्टको मूल्य वृद्धि गर्ने निर्णय गरेको अध्यक्ष कार्कीको भनाई छ । यस अघि गैँंडा छाप सिमेन्टको मूल्य प्रतिबोरा बिक्री कर बाहेक रु छ सय ८५ रहेको थियो ।

डिलरहरुले भने गैँंडा छाप सिमेन्टको मूल्य सातसय ५० देखि सात सय ७५ रुपैया प्रतिबोरा बिक्री गर्दै आएका थिए । मूल्य वृद्धिसँगै डिलरले बिक्री मूल्य प्रतिबोरा आठसय ५० हुनसक्ने गैँडाछाप सिमेन्टका बिक्रेता राजु श्रेष्ठले बताउनुभयो ।

यता सिमेन्टको मूल्य वृद्धि भएकोमा गैँडाछाप सिमेन्टका बिक्रेता तथा डिलर र उपभोक्ताले उद्योेगको बोर्डको निर्णयको विरोध गरेका छन् ।

पन्ध्र दिन भन्दा बढी समयसम्म सिमेन्ट बिक्री बन्द गरेर उद्योगको बोर्डले एकैचोटी मूल्य वृद्धि गरेकाले आम उपभोक्ता मारमा परेको कुरा यस क्षेत्रका उपभोक्ताको भनाइ छ ।

गत असारदेखि मङ्सिरसम्म गैँडाछाप सिमेन्ट बिक्री हुन नसक्दा उद्योगमा झन्डै सात लाख बोरा भन्दा बढी सिमेन्ट भन्डारण हुँदै आएको थियो ।

तर उद्योगले गैँडाछाप सिमेन्ट बिक्रीमा नयाँ रणनीति कार्यन्वयन गरेपछि माघ महिनाभित्र मात्र रु २७ करोड भन्दा बढीको सिमेन्ट बिक्री भएको उद्योग प्रशासनले जनाएको छ ।

गैँडाछाप सिमेन्टको मूल्य वृद्धि गर्न पर्ने विषयमा उद्योगका अध्यक्ष कार्की भन्नुहुन्छ, “अन्य साधारण गुणस्तर भएको सिमेन्टको मूल्य नै प्रतिबोरा रु ८०० भन्दा बढी भइसक्यो, गैँडाछाप सिमेन्ट जापानीज प्रविधिबाट उत्पादित गुणस्तरिय सिमेन्ट भएकाले यसको मूल्य बढाउन अनिबार्य भएको हो ।”

अहिले सिमेन्ट बिक्रीमा सुधार आएर उद्योगमा नयाँ प्रबन्धक परिवर्तन भएसँगै पुनः गैँंडाछाप सिमेन्टको मूल्यमा वृद्धि भएको उद्योग प्रशासनले जनाएको छ ।